विश्व दिगो यातायात दिवस आज, वातावरणमैत्री यातायात प्रणालीमा जोड « Khabarhub

विश्व दिगो यातायात दिवस आज, वातावरणमैत्री यातायात प्रणालीमा जोड


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व दिगो यातायात दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । दिवसका अवसरमा दिगो विकासका लक्ष्य हासिल गर्न यातायात क्षेत्रको भूमिका र वातावरणमैत्री यातायात प्रणालीको आवश्यकतामा जोड दिइएको छ ।

दिगो यातायातले मानिस तथा वस्तुको आवागमनलाई सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणमैत्री बनाउने लक्ष्य राखेको छ । यसले आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउनुका साथै वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यातायात क्षेत्रले मानिसबीचको सम्पर्क विस्तार, व्यापार प्रवर्द्धन, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । तर, यस क्षेत्रबाट हुने हरितगृह ग्यास उत्सर्जन र वातावरणीय प्रदूषण चुनौतीका रूपमा देखिएका छन् । त्यसैले आर्थिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु दिगो यातायातको प्रमुख आवश्यकता मानिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार दिगो यातायात दिगो विकासका लक्ष्य हासिल गर्ने महत्त्वपूर्ण माध्यम हो । यसले गरिबी न्यूनीकरण, असमानता घटाउने, महिला सशक्तीकरण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत सहयोग पुर्‍याउँछ ।

दिगो यातायातको अवधारणाले सबै नागरिकका लागि समान पहुँच, सडक सुरक्षा, वातावरणीय तथा जलवायुसम्बन्धी असर न्यूनीकरण, विपद् प्रतिरोधी क्षमता अभिवृद्धि र यातायात प्रणालीको कार्यक्षमता सुधारलाई प्राथमिकता दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवको उच्चस्तरीय सल्लाहकार समूहले सन् २०१६ मा सार्वजनिक गरेको प्रतिवेदनमा दिगो यातायातलाई वर्तमान र भावी पुस्ताको हित हुने गरी मानिस तथा वस्तुको आवागमनका लागि सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणीय असर कम गर्ने सेवा तथा पूर्वाधारको व्यवस्थाका रूपमा परिभाषित गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले दिगो यातायातलाई दिगो विकासका अन्य लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने महत्त्वपूर्ण आधारका रूपमा लिँदै आएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १ : २३ बजे

विश्व दिगो यातायात दिवस आज, वातावरणमैत्री यातायात प्रणालीमा जोड

काठमाडौँ- विश्व दिगो यातायात दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ

लगानीकर्ताको विश्वासका लागि नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले लगानीकर्ताको विश्वासका

स्पेसएक्सलाई अन्तरिक्षमा १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति

वासिङ्टन- अमेरिकी नियामक निकायले अर्बपति उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई

यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेता सम्मानित

काठमाडौं– यामाहा नेपालले दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’

दक्षिण कोरियामा ब्याजदर दुई वर्षयताकै उच्च, आर्थिक वृद्धिको प्रक्षेपण पनि बढ्यो

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैङ्कले मुद्रास्फीतिको दबाब नियन्त्रण गर्ने उद्देश्यले बिहीबार