यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेता सम्मानित « Khabarhub

यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेता सम्मानित


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यामाहा नेपालले दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सम्पन्न गरेको छ । यस अभियानमार्फत यामाहाले देशभरका ग्राहकहरूलाई आकर्षक नगद पुरस्कार तथा विभिन्न उपहार जित्ने अवसर प्रदान गरेको हो ।

कम्पनीका अनुसार यामाहा खरिद गर्ने ग्राहकहरूका लागि थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले यामाहासँग जोडिएको खुसीलाई चाडपर्वको उत्सवसँग जोडेको छ ।

अभियानको ग्रान्ड प्राइज विजेता बुटवलकी सरस्वती खनाल रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड खरिद गरेपछि १०.३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् । 

ग्रान्ड प्राइजसँगै देशभरका हजारौँ ग्राहकहरूले १० हजारदेखि १० लाख रुपैयाँसम्मका आकर्षक नगद पुरस्कार जितेका छन् । यसका साथै, अभियानअन्तर्गत साप्ताहिक विजेताहरूलाई एप्पलका आकर्षक ग्याजेटहरू प्रदान गरिएको थियो । अभियान अवधिभर १० हजारभन्दा बढी ग्राहकहरूले यी ग्याजेटहरू जित्न सफल भएका छन् । कुल १ लाखभन्दा बढी दर्ता प्राप्त गर्दै यस अभियानले देशभरका ग्राहकहरूबाट सहभागिता पाएको थियो ।

यसैगरी, पोखराका श्री तेज बहादुर थापाले पोखरास्थित यामाहाको शोरुमबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड खरिद गरेपछि ब्रान्ड न्यू यामाहा आर १५ यस जितेका छन् ।  

नेपालभर १०५ भन्दा बढी आधिकारिक डिलरहरूको सञ्जाल रहेको यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटरहरू देशभरका ग्राहकहरूमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको छ ।  

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १ : ०२ बजे

स्पेसएक्सलाई अन्तरिक्षमा १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति

वासिङ्टन- अमेरिकी नियामक निकायले अर्बपति उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई

यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेता सम्मानित

काठमाडौं– यामाहा नेपालले दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’

दक्षिण कोरियामा ब्याजदर दुई वर्षयताकै उच्च, आर्थिक वृद्धिको प्रक्षेपण पनि बढ्यो

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैङ्कले मुद्रास्फीतिको दबाब नियन्त्रण गर्ने उद्देश्यले बिहीबार

बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउने

‘लगान’को सम्झना दिलाउने आमिरको नयाँ फिल्म, क्रिकेट सिक्दै अभिनेता

काठमाडौं– बलिउड अभिनेता आमिर खान फेरि क्रिकेटको मैदानमा उत्रिएका छन्।