नेकपाको कुन पक्ष सक्कली र कुन नक्कली भन्ने विवाद सकियो : प्रधानमन्त्री ओली « Khabarhub

नेकपाको कुन पक्ष सक्कली र कुन नक्कली भन्ने विवाद सकियो : प्रधानमन्त्री ओली


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको आधिकारिता विवाद सकिएको बताएका छन् ।

आज नारायणहिटी दरबार अगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको कुन पक्ष सक्कली र कुन नक्कली भन्ने विवाद सकिएको ठोकुवा गरे ।

उनले आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको पनि बताए ।

उनले भने, ‘मूल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छ भने कठैबरा भन्नुपर्छ । यही हो मूल पार्टी । देशकै मूल पार्टी हो । देशकै सबैभन्दा ठुलो पार्टी । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा गर्ने पाटी हो ।’

उनले अबदेखि नेकपाको कुन पक्ष सक्कली र नक्कली भन्ने विवाद टुंगिएको बताए । ‘कुन पार्टी सक्कली, कुन पार्टी नक्कली भन्ने टुंगो लाग्यो,’ उनले भने ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षले मांशाहारी आन्दोलनका नाममा नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि अब शाकाहारी आन्दोलनले नहुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ।

नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ। सभामा मानिसहरु धेरै हुँदा ठाउँ नपुगेको उनको भनाइ छ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  २ : ५० बजे

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति