आईपीएलका लागि नेपालका ८ खेलाडीले नाम दर्ता « Khabarhub

आईपीएलका लागि नेपालका ८ खेलाडीले नाम दर्ता


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपालका ८ खेलाडीले नाम दर्ता गराएका छन्।

भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने आईपीएलका लागि २०२१ को अक्सनमा ८ नेपाली क्रिकेटरले नाम दर्ता गराएका छन्।

नेपालबाट आईपीगल खेल्ने पहिलो खेलाडी बनेका सन्दिप लामिछानेलाई दिल्ली क्यापिटल्सले यो सिजनमा रिलिज गरिसकेको छ। उनको नाम पनि अक्सनमा हुनेछ।

आयोजक संस्थाले यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएको जानकारी दिएको छ ।

बीसीसीआईका अनुसार २७ जना खेलाडी एसोसियट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । जसमा ८ खेलाडी नेपालका छन् ।

आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् ।

आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना गर्ने बीसीसीआईको तयारी छ । अक्सन नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ ।

पछिल्लो समय नेपाली खेलाडी विदेशी लिगमा आवद्व हुँदै आएका छन्। दुबईमा जारी टि १० लिगमा नेपालका ४ खेलाडी विभिन्न टिममा आवद्ध छन्। अहिले सोमपाल कामी, करण केसी कुशल मल्ल र पारस खड्का टि १० मा व्यस्त छन्।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ३७ बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप