स्क्रिन एक्टर्स गिल्डबाट अलग्गिए ट्रम्प « Khabarhub

स्क्रिन एक्टर्स गिल्डबाट अलग्गिए ट्रम्प


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क(एजेन्सी)- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्क्रिन एक्टर्स गिल्डबाट अलग्गिने घोषणा गरेका छन् ।

गत जनवरी ६ मा अमेरिकी राजधानी वासिङटन डिसीमा भएको हुलदंगाको प्रमुख दोषी ट्रम्प मानिएको भन्दै उनीमाथि कारबाही हुनुपर्ने गिल्डको बैठकले निर्णय गरेको थियो ।

उनले गिल्डका नाममा एक पत्र लेख्दै आफ्ना लागि गिल्डले केही गर्न नसकेको उल्लेख गरेका छन् । पत्रमा उनले ‘कसलाई परवाह छ’ भनी लेखेका छन् । पत्र प्राप्त पछि गिल्डले ‘धन्यवाद’ भन्दै जवाफ फर्काएको छ ।

ट्रम्पले हलिउडका धेरै फिल्ममा अभिनय गरेका छन् । जसमा ‘होम एलोन २’ र ‘जुलेन्डर’ प्रमुख छन् । उनले अमेरिकी भर्सनको टेलिभिजन शो ‘दी अपरेन्टिस’को पनि होस्ट गरेका छन् ।

गत महिना स्क्रिन एक्टर्स गिल्ड–अमेरिकन फेडरेसन अफ टेलिभिजन एण्ड रेडियो आर्टिष्ट(साग–अफ्ट्रा)ले आफ्नो अनुशासन समितिले ट्रम्पलाई कारवाही गर्नुपर्ने भन्दै सिफारिस गरेको जनाएको थियो । गत जनवरी ६ मा वासिङटन डिसीमा भएको ट्रम्प समर्थकको हुलदंगामा पाँचको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

‘डोनाल्ड ट्रम्पले यो यूनियनले पवित्र मानेको प्रजातन्त्र, सत्यता, सबै जाति र विश्वासका हाम्रा अमेरिकीहरुको सम्मानसँगै स्वतन्त्र प्रेसमा आक्रमण गरेका छन्’, साग–अफ्ट्राका अध्यक्ष गेब्रिली कार्टेरिसले भनेकी छन्, ‘उनका अनुयायीहरुले पत्रकारमाथि गरेको आक्रमण सत्यप्रति वेवास्ता गर्ने एउटा सिधा रेखाका रुपमा हामीले बुझेका छौं ।’

यो संस्थामा अमेरिकामा रहेका १ लाख ६० हजार अभिनेता, पत्रकार तथा अन्य सञ्चार व्यवसायी आबद्ध छन् । ट्रम्प संस्थामा ३० वर्षदेखि सदस्यका रुपमा रहेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : २७ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित