‘बी’ डिभिजन लिग: सातदोबाटो र बाँसबारीबीच खेल हुँदै « Khabarhub

‘बी’ डिभिजन लिग: सातदोबाटो र बाँसबारीबीच खेल हुँदै


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज सातदोबाटाे युथ क्लब र बाँसबारी क्लबबीचको खेल हुँदैछ । सातदोबाटो शीर्ष स्थानमा रहेको छ भने बाँसबारी क्लब तेस्रो स्थानमा छ ।

एन्फा कम्प्लेक्समा दिउँसो १२.१५ मा शुरु हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै अग्र स्थानमै सुरक्षित राख्ने प्रयास गर्नेछ ।

सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबले पनि २२ अङ्क नै जोडेको छ ।

यस्तै आजै एन्फा कम्प्लेक्समा दिउँसो साढे ३ बजे मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीच पनि रोमाञ्चक खेल हुँदैछ ।

हालसम्म मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा छ भने पुलचोक २ अङ्कसहित अन्तिममा छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : २५ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा