पार्टीको विवाद छिटो निरुपण गर्न दाहाल–नेपाल समूहले बुझायो निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र « Khabarhub

पार्टीको विवाद छिटो निरुपण गर्न दाहाल–नेपाल समूहले बुझायो निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टीको विवाद अबिलम्ब निरुपण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा नै आधिकारिक पार्टी भएको दावी गर्दै दाहाल–नेपाल समूहले शुक्रबार आयोगमा पाँच पृष्ठको ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ । उक्त पत्र बुझाउन दाहाल–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारीलगायत निर्वाचन आयोग पुगेका थिए ।

ध्यानाकर्षण पत्रमा केपी शर्मा ओली लगायतका नेताहरूलाई पार्टी विधानअनुसार गरेको कारवाही, विभिन्न समयमा गरिएका बैठकका निर्णय लगायतका विषय समेटिएका छन् ।

यस्तो छ पत्रको पूर्ण पाठ

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ३९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी