रियलमी ६ आई स्मार्टफोनको मूल्य घट्यो | Khabarhub Khabarhub

रियलमी ६ आई स्मार्टफोनको मूल्य घट्यो


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ ।

पाँचौँ संस्करणको सफलतापछि क्यामेरा, पर्फमेन्स र विशेषतामा सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो ।

‘मिडियाटेक हेलियो जी८०’प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोन मार्फत प्रयोगमा ल्याइएको थियो । जसमा सुनिश्चित शक्तिशाली र द्रूत प्रदर्शनका कारण यो फोन मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्ताका माझ रुचाइएको छ ।

‘हेलियो जी८०’को प्रोसेसर यो फोन अब किन्न चाहने नयाँ ग्राहकले ४/१२८ जीबी भेरियन्टमा रू. २३ हजार ९९० मा रियलमी ६ आई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा अक्टाकोरको सीपीयु प्रयोग गरिएको छ ।

यसको पर्फमेन्स २ गिजा हर्जसम्म एकलकोरको भन्दा ३५ प्रतिशत बढी र अघिल्लो संस्करणको फोन भन्दा १७ प्रतिशत उत्कृष्ट रहेको कम्पनीको दाबी छ । मलि–जी ५२ जीपीयुको प्रयोगका कारण पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि हुन सक्दछ जसले गुणस्तरीय तस्वीर खिच्नुका साथै गेमको स्थिर फ्रेम दर उत्कृष्ट बनाउने जनाइएको छ ।

४८ एमपी क्यामेरा राखिएको फोनको सेन्सरले तस्वीर उत्कृष्ट र स्पष्ट खिच्न मद्दत गर्दछ । मुख्य क्यामेरामा ११९ डिग्री पर्ने गरी ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स मिलाएर सहायक लेन्सका रुपमा प्रयोग गरिएको छ ।

६.५ इन्च एचडी प्लस सानो ड्रप स्क्रिन डिस्प्लेका साथ उपलब्ध यो फोन‘द्यु ड्रप डिस्प्ले’भन्दा ३०.९ प्रतिशत सानो छ । यसमा राखिएको पूर्ण स्क्रिनले भिडियो हेर्दा र गेम खेल्दा प्रत्यक्ष अवलोकन गरिरहे जस्तो शानदार अनुभूति प्रदान गर्दछ । ५ हजार एमएएचको टिकाउ र भरपर्दो ब्याट्रीले १८ वाट फास्ट चार्जिङको सुविधा प्रदान गरेको छ भने त्रिपल सुरक्षाको विशेषता यसमा रहेको छ ।

दुर्लभ स्प्रे कोटिङ प्रक्रिया अपनाएर सयौँपटक सफा गरिएको रियलमी ६ आईको डिजाइन नाओटो फुकसावाबाट प्रभावित छ । जसको परिणाम स्वरुप फोनको पछाडिको भाग चम्किलो देखिन्छ । यो फोन हरियो र सेतो गरी दुई नयाँ कलरमा उपलब्ध छ ।

रियलमीआई ६ को दोस्रो संस्करणको फोन एन्ड्रोइड १० चाँडै नै बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ । रियलमी ६ आईको मूल्य घटेपछि अब नेपाली बजारमा यो फोन २३ हजार ९९० मै उपलब्ध हुने भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ३२ बजे

सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व संकलन भएन

वीरगञ्ज– सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२

सिस्नेरी–दक्षिणकाली सडकखण्ड १२ दिन बन्द

मकवानपुर– सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि १२ दिनका लागि बन्द गरिएको छ

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

परराष्ट्रमन्त्री राणाबाट विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको अपहरणमा परेका

दुई अर्बको टेक्सटाइल र एक अर्ब बढीको चिया निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को दुई महिनामा नेपालबाट झण्डै