कमाइमा अब्बल शाहरुखकी गौरी « Khabarhub

कमाइमा अब्बल शाहरुखकी गौरी


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता शाहरुख खान भारतका सबैभन्दा धनी अभिनेतामध्ये एक हुन् । हालैमात्र उनले आफ्नो फिल्म ‘पठान’का लागि सय करोड पारिश्रमिकको माग गरेको समाचार सार्वजनिक भएको थियो ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार शाहरुखसँगै उनकी श्रीमति गौरी खान फिल्म निर्माता तथा डिजाइनर हुन् । उनी कमाइको मामलामा शाहरुखभन्दा कम छैन ।

शाहरुख र गौरी बलिउडको शक्तिशाली जोडीमा गनिन्छन् । दुवैको सन् १९९१ मा विवाह भएको हो । उनीहरुको आर्यन, सुहाना र अबराम गरी तीन सन्तान छन् ।

शाहरुख भारतको सबैभन्दा महंगो अभिनेता भए जस्तै श्रीमति गौरी भारतकै ठूलो इन्टेरियर डिजाइनर हुन् । उनले मुकेश अम्बानी, रोबर्टो काभाली र राल्फ लाउरेन जस्ता हस्तीको घर डिजाइन गरेकी छन् ।

गौरीको आफ्नो प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्ट छ । सन् २०१८ मा फच्र्युन म्यागाजिनले उनलाई ‘५० शक्तिशाली महिला’को सूचीमा राखेको थियो ।

शाहरुख र गौरीको वार्षिक आम्दानी करिब २ सय ५६ करोड नजिक छ । जहाँ शाहरुखको नेट वर्थ ५१ सय करोड छ भने गौरीको १६ सय करोड छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १ : ३० बजे

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले