चार्ल्स शोभराज चिनाउने यी फिल्म « Khabarhub

चार्ल्स शोभराज चिनाउने यी फिल्म


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको अपराधका केही किस्सा यस्ता छन्, जसलाई सुन्दा जोकोही व्यक्तिको मुटु नै काम्दछ ।

शोभराजको पिता भारतीय र आमा भियतनामी मूलका थिए । उनी सानैदेखि तेज र चलाख थिए । उनले करिब १० विदेशी व्यक्तिको हत्या गरे । उनी कानूनका विषयमा पोख्त छन् ।

टीभीनाइन हिन्दी डटकममा प्रकाशित समाचार अनुसार चार्ल्स पक्राउ पर्नुअघि उनी हत्याका अलावा कार चोरी जस्ता मामलामा पनि संलग्न थिए । उनलाई ‘बिकिनी किलर’का रुपमा समेत चिनिन्छ । उनले हत्या गरेका युवतीहरुको लाश बिकिनीमा भेटिएकाले नै उनलाई ‘बिकिनी किलर’ भनिएको थियो ।

युवा अवस्थामा उनी ‘द स्पिलटिङ किलर’ र ‘द सर्पेंट’ नामले पनि चिनिन्थे । यिनै शोभराजका बारेमा हलिउडमा धेरै फिल्म बनेका छन् । उनी प्रत्येक वर्षको अप्रिल ६ मा आफ्नो जन्मदिन मनाउछन् ।

शोभराजको जीवनमा आधारित सिरिज ‘द सर्पेंट’ यतिबेला ओटीटी सीरीजमा निकै चर्चाको विषय बनेको छ । यो फिल्ममा फ्रान्सेली मूलका अल्जीरियाई अभिनेता तहर रहीम प्रमुख भूमिकामा छन् । जसले शोभराजको भूमिका निर्वाह गरेका छन् ।

आठ भागको यो सिरिज शोभराजको जीवनमा आधारित नयाँ शो हो । जसमा शोभराजलाई एक निर्दयी हत्याराका रुपमा देखाइएको छ ।

फिल्म ‘स्नेक’ अहिले रिलिज भएको छैन । फारुख ढोंडीको अनुसन्धान र शोभराजसँगको साक्षात्कारमा आधारित यो सिरिज तीन सिजन हिन्दी र अंग्रेजीमा बन्नेछ । यो सिरिज जी५मा रिलिज हुनेछ ।

शोभराजको जीवनमा आधारित प्रवाल रमनको फिल्म ‘मे और चाल्र्स’ सन् २०१५ मा रिलिज भएको थियो । फिल्ममा अभिनेता रणदीप हुड्डाले प्रमुख भूमिकामा अभिनय गरेका थिए ।

फिल्ममा शोभराजको मामला हेरिरहेका वरिष्ठ प्रहरी अधिकृत आमोद कंठको भूमिकामा आदिल हुसेनले अभिनय गरेका थिए । यो फिल्म प्रभावशाली भए पनि यसले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन ।

सन् २००४ मा फिनल्याण्डका निर्माता जान वेलमेनले ‘शोभराज, ओर आउ टु बी फ्रेण्डस् विद ए सीरियल किलर’ नामक वृत्तचित्र बनाएका थिए । वृत्तचित्रमा शोभराजलाई कसरी सन् २००३ को सेप्टेम्बर २२ मा पक्राउ गरिएको थियो भन्ने देखाइएको थियो ।

त्यस्तै सन् १९८९ मा रिचर्ड नेविल र जूली क्लार्कको पुस्तक ‘द लाइफ एण्ड क्राइम्स अफ चाल्र्स शोभराज’ मा आधारित रहेर टेलिभिजन फिल्म ‘स्याडो अफ द कोबरा’ निर्माण गरिएको थियो , दुई घण्टा ४५ मिनेटको यो फिल्म दुई भागमा विभाजन गरिएको थियो ।

यो फिल्ममा सन् १९७० को दशकमा दक्षिण पूर्वी एसियामा शोभराजले पश्चिमी पर्यटकलाई कसरी आक्रमण गरेका थिए भनेर देखाइएको थियो ।

यो फिल्ममा पाकिस्तानी मूलका ब्रिटिस अभिनेता आर्त मलिकले शोभराजको भूमिका निभाएका थिए । त्यस्तै अष्ट्रेलियाली अभिनेत्री हेनेल बुडेले शोभराजको प्रेमिका मोनिक लेक्लरको भूमिकामा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : ३० बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै