काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको आज सातौँ दिन, थप कडा गरिँदै | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको आज सातौँ दिन, थप कडा गरिँदै

निषेधाज्ञा एक साता थपियो, वैशाख २९ सम्म कायम रहने


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको आज सातौँ दिन । तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा गत वैशाख १६ गते निषेधाज्ञा जारी भएको थियो ।

संक्रमण दर झन बढ्न थालेपछि निषेधाज्ञाको अवधि एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

यसअघि वैशाख १६ गते देखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। यस अवधिमा संक्रमणदर नघटेको र झन उच्च दरमा बढीरहेकाले आगामी २९ गतेसम्म निषेधाज्ञा हुने भएको छ।

संक्रमणको दर बढ्दै गएको तथा आन्तरिक हवाई उडान मंगलबार रातिदेखि र बाह्य उडान पनि बिहीबार रातिदेखि बन्द भएको अवस्थामा उपत्यकाभित्रका तीन जिल्लामा पनि २९ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरी सहयोग गर्न सुरक्षा निकाय र स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उनले बताए। उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल गरे।

विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको तथा खाद्यान्न, अत्यावश्यक वस्तु, औषधि लगायतलाई पासको व्यवस्था गरी सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।

पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गर्ने, सम्बन्धित संचारगृहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ।

मृत्यु संस्कार र बिरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए।

त्यस्तै निषेधाज्ञालाई थप प्रभावकारी बनाउन चेकचाँजलाई थप कडाइ गरिने भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ०४ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’