कम्पनीले पारिश्रमिक नदिएपछि कुवेतबाट रित्तो हात फर्किए ११ नेपाली | Khabarhub Khabarhub

कम्पनीले पारिश्रमिक नदिएपछि कुवेतबाट रित्तो हात फर्किए ११ नेपाली


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि विभिन्न समय कुवेत पुगेर अलपत्र परेका ११ नेपाली स्वदेश फर्किएका छन् ।

कुवेतस्थित एक स्वीट कम्पनीमा कार्यरत १७ नेपाली कामदारहरुलाई कोरोनाको करण देखाउदै विगत लामो समयदेखि पारिश्रमिक नदिएर अलपत्र अवस्थामा छोडेको थियो ।

अलपत्र पारिएका १७ जना कामदारहरु मध्ये घर फर्किन बाँकी रहेका थप ११ जना नेपालीलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले उद्धार गरि स्वदेश पठाइएको संघका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिए ।

कम्पनीले पाँच महिनाको पारिश्रमिक नदिइ अलपत्र परेपछि सकुशल स्वदेश फर्काइदिन पीडितहरु त्यहाँ रहेको नेपाल दूतावास पुगेका थिए ।

लामो समयदेखि उद्धारको पर्खाइमा रहेका उनीहरुलाई दूतावासको पहल कदमी तथा एनआरएनएको सहयोगमा स्वदेस फर्काउन सफल भएको महासचिव पाख्रिनले बताए ।

उनीहरुलाई एनआरएनएले हवाई टिकट तथा कोरोना परीक्षण (पीसीआर) गराएर राहदानी दिलाउन कर्फ्युको समयमा पनि संघले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल सम्म यातायातको ब्यवस्था गरि स्वदेश पठाएको उनले बताए ।

पीडितहरुका लागि विभिन्न समयमा चरणवद्ध वार्ता गरिएको भए पनि कम्पनिबाट कुनै किसिमको क्षतिपूर्ति नपाउदा उनीहरु रित्तो स्वदेश फर्किएका छन् । उक्त कम्पनीले अलपत्र परेका १७ मध्ये ६ जना यसघि नै फर्किसकेका छन् ।

यसघि पनि एनआरएनएले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामीसहित ४१ नेपालीको उद्धार गरि स्वदेश पठाइसकेको छ ।

पछिल्लो समयमा कुवेतका विभिन्न कम्पनीहरुले कोरोना महामारीको करण देखाउदै कामदारलाई पारिश्रमिक नदिइ कामबाट निकाल्ने गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : ५० बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र