समाजसेवामा ज्याकुलिन, खोलिन् फाउण्डेसन « Khabarhub

समाजसेवामा ज्याकुलिन, खोलिन् फाउण्डेसन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री ज्याकुलिन फर्नान्डिजले योलो फाउण्डेसनको सुरुवात गरेकी छन् । यो कुराको जानकारी उनले आफ्नो इन्स्टाग्राममा फोटो शेयर गरेर दिएकी हुन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनले यो फाउण्डेसनको स्थापना कैयौं एनजीओसँग सहकार्य गर्दै खोलेकी हुन् ।

उनले समाजलाई अत्यावश्यक सहयोग चाहिने व्यक्तिलाई सहयोग गर्न फाउण्डेसन खोलेको जनाएकी छन् ।

‘हाम्रो यो एक जीवन हो । जे हामी गर्न सक्छौं, त्यो यो विश्वमा गर्नका लागि गर्नुहोस् । मलाई योलो फाउण्डेसनको घोषणा गरिरहँदा गर्व लागेको छ । दयालु कथा बनाउन र शेयर गर्नका लागि एक पहल’ उनले लेखेकी छन् ।

उनले यो चुनौतिपूर्ण अवस्थामा योलो फाउण्डेसन कैयौं एनजीओसँग मिलेर काम गर्ने उल्लेख गरेकी छन् । उनले यो काम बुझ्नका लागि आफ्नो योगदान दिन सक्ने र आफ्नो आसपासको जीवनमा परिवर्तन ल्याउन सक्ने जनाएकी छन् ।

ज्याकुलिनको फाउण्डेसनले रोटी बैंक नामक एनजीओसँग मिलेर यो महिना एक लाख व्यक्तिसम्म खाना पुर्याउनेछ । फाउण्डेसनले फ्रण्टलाइन वर्कससँगै सर्वसाधारणलाई मास्क र सेनिटाइजर पनि वितरण गर्नेछ ।

फाउण्डेसनले मुम्बईको अलग अलग स्थानमा घुम्ने करिब एक हजार जनावरको संरक्षण पनि गर्नेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १२ : १० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा