तनहुँमा आज रातिदेखि निषेधाज्ञा | Khabarhub Khabarhub

तनहुँमा आज रातिदेखि निषेधाज्ञा


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ ।

मङ्गलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको जोखिम बढिरहेका बेला निषेधाज्ञा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

सहायक प्रजिअ बरालका अनुसार ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६, ७ र ८ तथा घिरिङ गाउँपालिकाका सम्पूर्ण वडाबाहेक अन्य क्षेत्रमा अतिआवश्यक कार्य र सेवाबाहेकका कार्य र सेवा गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

बैठकमा भारत र अन्य मुलुकबाट आउने व्यक्तिको निगरानी राख्न वडास्तर र टोलस्तरमा यसअघि गठन भएका समितिलाई पुनः सक्रिय बनाउने, उनीहरुलाई निगरानीमा राख्न १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको छ ।

स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख संयोजक रहेको होम क्वारेन्टिन र होम आइसोलेशन तोक्ने एवं अनुगमन गर्ने समितिलाई पुनः सक्रिय बनाई समय–समयमा अनुगमन गरी व्यवस्थित र अनुशासित बनाउने एवं अनुगमनमा स्थानीय शिक्षक कर्मचारीलाई समेत परिचालन गराउने निर्णय बैठकले गरेको छ ।

बैठकले पिसिआर परीक्षणको दायरा बढाउन, शव व्यवस्थापनका लागि सबै व्यवस्थापकीय तयारीमा राख्न स्थानीय तहलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १२ : ४० बजे

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि ठप्प, लाइटिङको समस्या अझै भएन समाधान

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण