सुर्खेतमा ११ लाखको अवैध सुर्ती बरामद | Khabarhub Khabarhub

सुर्खेतमा ११ लाखको अवैध सुर्ती बरामद


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरूपमा भित्र्याउँदै गरेको रु ११ लाखको अखाद्यवस्तु सुर्ती बरामद गरेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्टसहितको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनै पनि वस्तु ढुवानी गर्न निषेध गरिएको अवस्थामा भित्र्याइएको अवैध तथा अखाद्य वस्तु सुर्खेत प्रहरीले बरामद गरेको हो ।

ना४ख ७६५३ नंको मालबाहक ट्रकमा खाद्य तथा खुद्रा मालसामानभित्र राजश्व छली गरी ल्याइएको अवस्थामा मङ्गलबार अपराह्न गोल्डेन ब्राण्डको ९४ बोरा सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई राखी सुर्खेत जिल्ला भित्र्याउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा सो ट्रकको निगरानी गर्‍यौँ”, उनले भने, “पछि सुर्खेत भित्रिने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना प्रहरी जाँचचौकीमा चालकसहित ट्रकलाई नियन्त्रणमा लिइयो ।”

ट्रकभित्र रहेका सम्पूर्ण मालसामान अनलोड गरी रीतपूर्वक तलासी गर्दा खाद्यवस्तु दाल, चामल, निर्माण सामग्री पाइप, गाडीको टायरको बीच भागमा ९४ बोरा गोल्डन काली सुर्ती भेटिएको प्रनाउ घर्तीले बताए ।

बोरा खोलेर हेर्दा त्यसभित्र चार हजार ७०० पोका गोल्डेन काली नामक सुर्ती रहेकामा २८ पोकामा अन्तःशुल्क स्टिकर टाँसिएको र २२ पोका अन्तःशुल्क स्टिकर नभएको भेटिएपछि कर छली गरेको आशङ्का गर्दै बाँसगढी नगरपालिका–६ बर्दियाका २४ वर्षीय चालक भक्तबहादुर गुरुङको साथमा रहेको बिल हेर्दा दुई हजार ६०० पोकाको मात्र बिल भेटिएको उनले बताए ।

उक्त ट्रकमा लुकाइछिपाई दुई हजार १०० अर्थात् रु ११ लाखको गोल्डेन काली सुर्ती अवैध देखिन आएकाले गैरकानूनीरूपमा राजश्व छली गरी अखाद्यवस्तु सुर्ती ओसारपसारमा प्रयोग भएको ट्रकसहित चालक गुरुङलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : १० बजे

गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु  

गाजा– दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार

आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २५ गते आइतबार । जेठ

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक