सुटिङ अघि नै कानूनी झमेलामा ‘दृश्यम २’ « Khabarhub

सुटिङ अघि नै कानूनी झमेलामा ‘दृश्यम २’


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता अजय देवगनको नयाँ फिल्म ‘दृश्यम २’ सुटिङ सुरु नभई कानूनी झमेलामा परेको छ । फिल्मको हिन्दी भर्सनको सहनिर्माता कम्पनी बायकम १८ मोसन पिक्चरले निर्माता मंगत कुमारविरुद्ध मुद्धा दर्ता गराएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार ‘दृश्यम’ बायकम १८, पेनोरामा स्टुडियो र कुमार मंगतले निर्माण गरेका थिए । तर ‘दृश्यम २’को अधिकार पेनोरामा स्टुडियोलाई मात्र दिइने भएपछि बायकम १८ ले मंगतविरुद्ध मुद्धा हालेका हुन् ।

कम्पनीले फिल्मको अधिकार केवल कुमार मंगतसम्म मात्र नरहेको दाबी गरेको छ ।

‘बायकम १८ ले कुमार मंगतसँग कुराकानी गरेर यस किसिमले आफूलाई प्रोजेक्टबाट अलग गर्न नसक्ने बताएको छ । कम्पनीले कुमार मंगतले एक्लै कोही अन्य व्यक्तिसँग सहकार्य गरेर ‘दृश्यम २’ बनाउन नसक्ने जनाएको छ । त्यहीकारण कम्पनीले निर्माताविरुद्ध मुद्दा दर्ता गराएको हो । यो मामलाको चाँडै सुनुवाई हुनेछ’, कम्पनी निकट स्रोतले भनेको छ ।

सन् २०१५ मा रिलिज हिन्दी रिमेक फिल्म ‘दृश्यम’को निर्देशन दिवंगत निर्देशक निशिकान्त कामतले गरेका थिए । कुमार मंगत, अभिषेक पाठकको प्रोडक्सन कम्पनी पेनोरामा स्टुडियो इन्टरनेसनल र वायकम १८ले मिलेर फिल्म निर्माण गरेका थिए ।

तर हालै फिल्मका निर्माताले ‘दृश्यम २’को हिन्दी रिमेक राइट पेनोरामा स्टुडियोले किनेको घोषणा गरेपछि बायकम १८ रिसाएको हो ।

हिन्दी रिमेक ‘दृश्यम’मा अजय देवगन, श्रेया सरण, तब्बू र इशिता दत्ता प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : ४० बजे

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको