न्याय परिषद् सचिवालय बन्द « Khabarhub

न्याय परिषद् सचिवालय बन्द


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ ।

परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो ।

कानूनको क्षेत्रमा ५३ वर्ष योगदान दिएका निराला भद्र तथा निर्भिक रहेको र नेपालको न्यायापलिकाको विकासमा उनको ठूलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ ।

जनकपुरमा विंस २००० मा जन्म भई काठमाडौँ कर्मथलो बनाएका खड्का कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : ३० बजे

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

महेन्द्रनगर– सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य

ड्रोनबाट यस्तो देखियो, गृहमन्त्री गुरुङले लिजमा लिएको भनिएको जग्गा

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला– जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट