बलिउड फिल्म सम्पादक अजयको निधन « Khabarhub

बलिउड फिल्म सम्पादक अजयको निधन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना संक्रमणका कारण भारतका प्रख्यात युवा फिल्म सम्पादक अजय शर्माको निधन भएको छ । कैयौं दिनदेखि कोरोनासँग जुधिरहेका अजयले मंगलबार बेलुका नयाँदिल्लीमा अन्तिम सास फेरेका हुन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार निर्माता अशोक पण्डितले १० दिन अजयका लागि दिल्लीमा अक्सिडन र बेडका लागि सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

अजय बलिउडका कति ठूला सम्पादक थिए भन्ने कुरा उनले गरेका कामबाट पुष्टि हुन्छ । उनले ‘लुडो’, ‘जग्गा जासुस’, ‘प्यारका पंचनामा’, ‘कारवां’, ‘इन्दू की जवानी’, ‘हाई जैक’, ‘क्रुक’ र ‘बन्दिश बेन्डिट्स’ जस्ता चर्चित फिल्मको सम्पादन गरेका थिए ।

उनले ‘बर्फी’, ‘ये जवानी है दीवानी’, ‘अग्निपथ’, ‘काय पो छे’, ‘लाइफ इन अ मेट्रो’, ‘द डर्टी पिक्चर्स’ जस्ता फिल्ममा सहायक सम्पादकका रुपमा काम गरेका थिए ।

हाल उनी फिल्म ‘रश्मी रकेट’को सम्पादन गरिरहेका थिए । जसमा अभिनेत्री तापसी पन्नु प्रमुख भूमिकामा थिइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ११ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा