बलिउड फिल्म सम्पादक अजयको निधन « Khabarhub

बलिउड फिल्म सम्पादक अजयको निधन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना संक्रमणका कारण भारतका प्रख्यात युवा फिल्म सम्पादक अजय शर्माको निधन भएको छ । कैयौं दिनदेखि कोरोनासँग जुधिरहेका अजयले मंगलबार बेलुका नयाँदिल्लीमा अन्तिम सास फेरेका हुन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार निर्माता अशोक पण्डितले १० दिन अजयका लागि दिल्लीमा अक्सिडन र बेडका लागि सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

अजय बलिउडका कति ठूला सम्पादक थिए भन्ने कुरा उनले गरेका कामबाट पुष्टि हुन्छ । उनले ‘लुडो’, ‘जग्गा जासुस’, ‘प्यारका पंचनामा’, ‘कारवां’, ‘इन्दू की जवानी’, ‘हाई जैक’, ‘क्रुक’ र ‘बन्दिश बेन्डिट्स’ जस्ता चर्चित फिल्मको सम्पादन गरेका थिए ।

उनले ‘बर्फी’, ‘ये जवानी है दीवानी’, ‘अग्निपथ’, ‘काय पो छे’, ‘लाइफ इन अ मेट्रो’, ‘द डर्टी पिक्चर्स’ जस्ता फिल्ममा सहायक सम्पादकका रुपमा काम गरेका थिए ।

हाल उनी फिल्म ‘रश्मी रकेट’को सम्पादन गरिरहेका थिए । जसमा अभिनेत्री तापसी पन्नु प्रमुख भूमिकामा थिइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ११ बजे

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन