साउदीबाट कतार वा टर्की ट्रान्जिट भएर नेपाल फर्कँन सकिने « Khabarhub

साउदीबाट कतार वा टर्की ट्रान्जिट भएर नेपाल फर्कँन सकिने


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना महामारीको दोस्रो लहरका कारण नेपालबाट साउदी सिधा हवाई उडानमा रोक लगाएपछि त्यहाँबाट स्वदेश फर्किने हजारौं नेपालीहरू समस्या परिरहेका बेला कतार वा टर्कीलाई ट्रान्जिट बनाएर स्वदेश फर्किन सकिने भएको छ ।

नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनसहित तीन देशसँगका नियमित उडान खुला गरेको छ । योसँगै साउदीमा रहेका नेपाली श्रमिक पनि कतार वा टर्कीलाई ट्रान्जिट बनाएर स्वदेश फर्किन सक्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावास शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको भन्दै यदि नेपाल जान चाहनेहरूले यी देशलाई ट्रान्जिट बनाएर जान सक्ने दूतावासले जनाएको छ ।

कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समध्ये आफूलाई सहज हुने फ्लाइटमार्फत स्वदेश फर्किन सकिने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरी स्वदेश फर्किन चाहने नेपालीहरूले टिकटको लागि सम्बन्धित एअरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ । यता नेपालीहरूले यसरी स्वदेश फर्किदा महँगो पर्ने भन्दै साउदीको लागि पनि नियम उडान खुल्ला गर्न माग गरेका छन्।

खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली श्रमिकहरू बढी समस्यामा रहेका छन् ।

सरकारले विदेशबाट स्वदेश फर्कने नेपालीहरू बस्नका लागि ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ ।

यी देशबाट स्वदेश फर्किने यात्रुहरूले पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर जान दिइनेछ ।

तर, आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया)मा सहभागी हुन विदेशबाट फर्किएकाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर जान दिइने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  २ : २५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार