गोल्डेनबुटको दाबेदारीमा मेस्सी अगाडि « Khabarhub

गोल्डेनबुटको दाबेदारीमा मेस्सी अगाडि


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको गोल्डेन बुटमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी अग्रस्थानमा देखिएका छन् ।

प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भइरहँदा मेस्सी चार गोल गर्दै अग्रस्थानमा छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सीले ५ खेलमा ४ गोल  गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा छन् । उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन् ।

गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार पनि रहेका छन् । उनले ४ खेलमा २ गोल गरिसकेका छन् । उनले दुई असिस्ट गरेका छन् ।

यस्तै पेरुका जियानलुका लापाडुलाले पनि ५ खेलमा २ गोल गरेका छन् । अर्जेन्टिनाकै पापु गोमेज, लाउटरो मार्टिनेज र पेरुका आन्द्रे कारिलोले पनि २/२ गोल गरेका छन् ।

यस संकरणमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ४० बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई