राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश गरेका थिए ।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनसभासमक्ष पेश गरिन् ।

बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारयण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन गरेको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा उनीहरुको नाम मनोनयनका लागि गरेको प्रस्तावमा बैठकले सर्वसम्मतिले सहमति जनाएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ५९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा