झापामा मंगलबारदेखि सार्वजनिक यातायाता चल्ने, होटल–रेष्टुरेन्ट पनि खुला | Khabarhub Khabarhub

झापामा मंगलबारदेखि सार्वजनिक यातायाता चल्ने, होटल–रेष्टुरेन्ट पनि खुला



झापा– आठौँ पटक निषेधाज्ञा थपिएको झापामा सार्वजनिक यातायात खुला गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति (डीसीसीएमसी) ले मंगलबार (भोलि) देखि लागू हुने गरी सार्वजनिक यातायात खुला गर्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

अब झापाबाट मोरङ्, सुनसरी र ईलामका लागि समेत जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने भएका छन् ।

चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा खुला गर्ने निर्णय गरिएको हो ।

यो निर्णयसँगै अब सबै प्रकारका सवारी साधन जोरबिजोर प्रणालीमा चल्ने भएका छन् । अत्यावश्यकीय सवारी साधनमा भने यो नियम लागू हुने छैन ।

सवारी साधनमा मापदण्ड

सवारी साधन सञ्चालनका लागि भने प्रशासनले मापदण्ड तोकेको छ । जस अनुसार सार्वजनिक सवारी साधनमा यी नियमको पालना गर्नु पर्ने छ :

  • सीट क्षमता भन्दाबढी यात्रु राख्न नपाइने ।
  • यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने ।
  • सवारी साधनको ढोकामा सेनिटाईजरको व्यवस्था गर्नु पर्ने ।
  • चालक, सहचालक र सहयोगीले अनिवार्य मास्क, पन्जा र फेस शिल्ड लगाउनु पर्ने ।
  • सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नु पर्ने ।

यी नियमहरुको ट्राफिक प्रहरीले नियमन गर्ने पनि प्रशासनले जनाएको छ । असार २१ गते राति १२ बजेदेखि असार ३१ गते राति १२ बजे सम्मका लागि यो नियम बनाईएको हो ।

होटल रेष्टुरेन्ट पनि खुला

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले सुरक्षाका मापदण्डको पालना गर्दै होटल तथा रेष्टुरेन्ट साँझ ५ बजेसम्म खुला गर्ने निर्णय गरेको छ । ५ बजेपछि भने खाना–खाज लिएर मात्र जान पाउने ‘टेकअवे’ व्यवस्था लागू हुने छ ।

झापामा वैशाख २३ गतेदेखि निषेधाज्ञा जारी छ । प्रशासनले क्रमिक रुपमा खुकुलो व्यवस्थासहित निषेधाज्ञालाई थप गर्दै आएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : १५ बजे

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट– कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको