झापामा मंगलबारदेखि सार्वजनिक यातायाता चल्ने, होटल–रेष्टुरेन्ट पनि खुला « Khabarhub

झापामा मंगलबारदेखि सार्वजनिक यातायाता चल्ने, होटल–रेष्टुरेन्ट पनि खुला



झापा– आठौँ पटक निषेधाज्ञा थपिएको झापामा सार्वजनिक यातायात खुला गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति (डीसीसीएमसी) ले मंगलबार (भोलि) देखि लागू हुने गरी सार्वजनिक यातायात खुला गर्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

अब झापाबाट मोरङ्, सुनसरी र ईलामका लागि समेत जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने भएका छन् ।

चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा खुला गर्ने निर्णय गरिएको हो ।

यो निर्णयसँगै अब सबै प्रकारका सवारी साधन जोरबिजोर प्रणालीमा चल्ने भएका छन् । अत्यावश्यकीय सवारी साधनमा भने यो नियम लागू हुने छैन ।

सवारी साधनमा मापदण्ड

सवारी साधन सञ्चालनका लागि भने प्रशासनले मापदण्ड तोकेको छ । जस अनुसार सार्वजनिक सवारी साधनमा यी नियमको पालना गर्नु पर्ने छ :

  • सीट क्षमता भन्दाबढी यात्रु राख्न नपाइने ।
  • यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने ।
  • सवारी साधनको ढोकामा सेनिटाईजरको व्यवस्था गर्नु पर्ने ।
  • चालक, सहचालक र सहयोगीले अनिवार्य मास्क, पन्जा र फेस शिल्ड लगाउनु पर्ने ।
  • सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नु पर्ने ।

यी नियमहरुको ट्राफिक प्रहरीले नियमन गर्ने पनि प्रशासनले जनाएको छ । असार २१ गते राति १२ बजेदेखि असार ३१ गते राति १२ बजे सम्मका लागि यो नियम बनाईएको हो ।

होटल रेष्टुरेन्ट पनि खुला

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले सुरक्षाका मापदण्डको पालना गर्दै होटल तथा रेष्टुरेन्ट साँझ ५ बजेसम्म खुला गर्ने निर्णय गरेको छ । ५ बजेपछि भने खाना–खाज लिएर मात्र जान पाउने ‘टेकअवे’ व्यवस्था लागू हुने छ ।

झापामा वैशाख २३ गतेदेखि निषेधाज्ञा जारी छ । प्रशासनले क्रमिक रुपमा खुकुलो व्यवस्थासहित निषेधाज्ञालाई थप गर्दै आएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : १५ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक