म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको आरोपमा दुईजना पक्राउ « Khabarhub

म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको आरोपमा दुईजना पक्राउ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले गैरकानुनी रुपमा एटीएमबाट पैसा निकालेको सूचनामा आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

उनीहरुले विदेशी डेबिट कार्डको प्रयोग गरेर चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी ईलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ३० बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक