यूरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ « Khabarhub

यूरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा ३ जना भारतीय नागरिकसहित ८ जना छन् ।

एसपी कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाडौँका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज नगरपालिका–७ घर भई कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी नगरपालिका–५ घर भई धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, विराटनगर–७ घर भई हाल मरूटोलका ४६ वर्षीय अमरनाथ गुप्ता छन् ।

यस्तै, पक्राउ पर्ने भारतीय नागरिकमा बिहार पूर्वी चम्पारण रक्सौलका ४६ वर्षीय अशोककुमार गुप्ता, भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल र राजस्थान झुनझुन जिल्लाका ३३ वर्षीय सुचित डालमिया अग्रवाल पक्राउ छन् ।

उनीहरुको साथबाट ३४ लाख ६५ हजाररुपैयाँसहित बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले मनी ट्रान्सफरमार्फत नगदी कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको एसपी कोइरालाले बताए ।

अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ५० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको