माओवादीको विरोधले प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध « Khabarhub

माओवादीको विरोधले प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको अवरोधले प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध भएको छ ।

यसअघि पनि बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ । सोमबारको बैठक शुरु हुने बित्तिकै माओवादी सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा उपसभामुख सरस्वती पोखरेलले सदन सञ्चालनका लागि बस्न आग्रह गरे ।

तर, सांसदहरुले उठेर बिरोध जनाएपछि उपसभामुख पोखरेलले मंगलबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै माफी माग्नुपर्ने माओवादीको माग छ।

यही विषयमा लगातार बैठक अवरुद्ध भए पनि सदन सुचारु गराउनेतर्फ सरकारले ध्यान नदिएको माओवादीको आरोप छ । प्रदेशसभाको बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ३२ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक