राष्ट्रियसभा सदस्यले उठाए बाढीपहिरोदेखि राजनीति बेथितिसम्मका कुरा | Khabarhub Khabarhub

राष्ट्रियसभा सदस्यले उठाए बाढीपहिरोदेखि राजनीति बेथितिसम्मका कुरा


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्यहरुले मुलुकमा बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, कोभिड–१९ को खोप अभाव, अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता र वर्तमान राजनीति स्थिति एवं निर्वाचनको विषयमा कुरा उठाएका छन् ।

बैठकमा भाग लिने सदस्यले मुलुक सङ्घीयतामा प्रवेश गरिसके पनि संविधानको मर्म र भावनाअनुरुप प्रदेश र स्थानीय तहलाई अधिकार नदिएको तथा दलित समुदायसँग जोडिएको घटनामा सरकारकै मन्त्रीबाट गैरजिम्मेवार क्रियाकलाप भएको भनी आलोचना गरेका हुन् ।

जनता समाज पार्टीका शेखर सिंहले बाढी, पहिरो र डुबानमा परेका जनतालाई सहयोगका लागि आह्वान गरे । सोही पार्टीका उदया शर्मा पौडेलले ढुङ्गा, गिटी र बालुवाको अवैध उत्खनन, विस्तृत परियोजना प्रतिवेदनबिना अन्धाधुन्धरुपमा खनिएका सडकका कारण वर्षेनी बाढी, पहिराका घटनाबाट ठूलो धनजनको क्षति भएका जनाउँदै आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनुपर्ने आवश्यकता औँल्याए । सोही दलका विमला राई पौडेलले आम जनताले सङ्घीयताको अनुभूति गर्ने ढङ्गबाट अपाङ्गता भएका र अशक्त ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर कोरोनाको खोप दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन् ।

सांसद डा खिमलाल देवकोटाले इमान्दार र सत्य निष्ठामा बसेनौँ भने संविधानको संरक्षण र सम्बद्र्धन हुन नसक्ने बताउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता गर्नमा सरकारको प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का रामलखन चमारले राष्ट्रिय दलित आयोगमा संविधानको मर्म र भावनाअनुसार समानुपातिक र समावेसी सिद्धान्त विपरीत नियुक्ति भएकाले सच्याउन माग गरे । उनले भने, “शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गर्दै राजनीतिक दलबाटै न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको छ, अहिलेको राजनीतिक निकास प्रतिनिधिसभाबाट पुनः स्थापनाबाट सम्भव छैन, निर्वाचनबाट मात्रै समस्या समाधान हुन सक्छ ।”

नेपाली कांग्रेसका दृगनारायण पाण्डेयले गणतन्त्र र सङ्घीयता विरोधमा उठेको आवाजलाई निस्तेज तुल्याउन लोकतान्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र राष्ट्रिय सहमति हुन आवश्यक रहेको बताए । नेकपा (माओवादी केन्द्र) का खिमकुमार विकले संविधानमा भएको व्यवस्था र सरकारले चालेका कदमकोे विश्लेषण हुनुपर्छ, राजधानीको मुटुमा दलित समुदायलाई अपमान हुने गरेको उल्लेख गरे ।

नेकपा(एमाले)की कोमल ओलीले विगतमा कमीकमजोरीसँग जोडेर वर्तमान सरकारको मूल्याङ्कन गर्ने र दोष लगाउन उचित नहुने धारणा राखिन् । उनले भनिन्, “विगतमा राजनीतिक दम्भका कारण माओवादीबाट धेरै जनताको ज्यान गएको र धेरै सम्पत्ति नष्ट भएको थियो, अब पनि पद प्रतिष्ठा र पैसाका लागि जे पनि गर्ने सोच संसदीय र प्रजातन्त्र विपरीत छ । आफू पनि केही नगर्ने अर्कालाई पनि काम गर्न नदिने प्रवृत्ति गलत छ, यसलाई रोक्नुपर्छ ।”

सोही पार्टीका चक्रप्रसाद स्नेहीले डडेलधुराको परशुराम नगरपालिकास्थित आधारभूत स्वास्थ्य चौकीकी सहयोगी २६ वर्षीया अस्मिता धामीको मृत्युबारे निष्पक्ष छानबिनका लागि माग गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ४५ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक