नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन, ओलीले दिएको समय सकियो | Khabarhub Khabarhub

नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन, ओलीले दिएको समय सकियो


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा पुनर्स्थापना गर्न र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका एमाले सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन दिएको समय सकिएको छ ।

एमालेको केन्द्रीय कमिटिको बैठकले अदालतको फैसलाभन्दा पहिला सोमबार ५ बजेसम्म रिट निवेदनमा हस्ताक्षर गरेका २३ जना सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । तर नेता नेपाल समूहका सांसदहरुले भने अध्यक्ष ओलीको निर्देशनअनुसार हस्ताक्षर फिर्ता लिएका छैनन् ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै अदालतमा दायर भएको रिटको हस्ताक्षर फिर्ता नलिने नेतृ रामकुमारी झाँक्रीले बताइन् ।

उनले भनिन्,‘केपी ओलीलाई अझै डेढ वर्ष प्रधानमन्त्री कायम गर्न हामीले किन हस्ताक्षर फिर्ता लिने ? हस्ताक्षर फिर्ता गर्ने हाम्रो राजनीतिक नैतिकताभित्रको विषय होइन । प्रक्रियामा गइसकेको अवस्थामा अहिले हस्ताक्षर फिर्ता लिन सम्भव छैन ।’

हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन कार्यान्वयन नभए माधवकुमार नेपाल समूहका नेताहरु एमाले हुन नसक्ने चेतावनी दिएका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अब के गर्छन् भन्ने टुंगो भने लागिसकेको छैन ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ४२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा