जसको विकिनी गेटअपले बलिउड ततायो « Khabarhub

जसको विकिनी गेटअपले बलिउड ततायो


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– आज जुलाई ५, अर्थात अन्तर्राष्ट्रिय विकिनी दिवस । यही दिन सन् १९४६ मा फ्रान्सको पेरिसका फेसन डिजाइनर लुइस रियर्डले विकिनी शैलीको पहिरनलाई सार्वजनिक गरेकी थिइन् ।

बलिउडमा वर्तमान समयमा विकिनीलाई ठूलो कुरा लिइँदैन । तर एक समय यस्तो थियो कि अभिनेत्रीले विकिनी दृश्य दिँदा त्यो सह्य हुँदैन थियो । पुराना समयका केही बलिउड अभिनेत्रीले विकिनी दृश्य दिँदा बलिउड नै हल्लिएको थियो । ७० देखि ८० को दशकमा धेरै अभिनेत्रीले विकिनी लगाएर हंगामा गरेका थिए ।

प्रख्यात तथा सुन्दरी अभिनेत्री शर्मिला टेगोर फिल्ममा विकिनी पहिरनमा देखिइसकेकी छन् । आफ्नो समयमा उनले कैयौं पटक विकिनी फोटोसुट गराएकी थिइन् । फिल्म ‘एन इभिनिङ इन पेरिस’मा शर्मिलाले विकिनी लगाउदा बलिउडमा सनसनी मच्चिएको थियो ।

अभिनेत्री जीनत अमान बलिउडकी विन्दास र बोल्ड अभिनेत्रीका रुपमा चिनिन्थिइन् । उनले एक मात्र नभई, कैयौं फिल्ममा विकिनी दृश्य दिएकी थिइन् । यो समयमा केवल खलनायिकाहरुले मात्र विकिनी लगाइरहँदा जीनतले पनि विकिनी लगाएर चर्चामा आएका थिइन् ।

डिम्पल कपाडिया कम उमेरमै बलिउडमा लोकप्रिय भइन् । उनी पनि विकिनी दृश्यका लागि लोकप्रिय थिइन् । उनी फिल्म ‘बोबी’मा टपलेस नै भइन् । यद्यपि राजेश खन्नासँग विवाह गरेपछि उनले फिल्मी अभिनय छोडिन् । तर उनको चाँडै नै राजेशसँग सम्बन्ध बिग्रिएपछि बलिउडमा पुनरागमन गरिन् ।

बोल्ड र सुन्दर रुपका लागि प्रख्यात परवीन बाबीको जीवन विवादपूर्ण छ । उनी फिल्मको पर्दामा शरीर देखाउन पछि पर्दिन थिइन् । आफ्नो फिल्म ‘ये नजदीकियाँ’मा यी दिवंगत अभिनेत्रीले कालो रंगको टू–पीस स्वीम सुट लगाएकी थिइन् ।

‘राम तेरी गंगा मैली’ फिल्ममार्फत अभिनेत्री मन्दाकिनीले बलिउडमा पाइला चालेकी थिइन् । यो फिल्ममा उनको निकै बोल्ड दृश्य थियो । यो फिल्मको झरना दृश्यमा उनले सेतो रंगको साडी लगाएकी थिइन् । यो दृश्यलाई आज पनि दर्शकले सम्झिइन्छन् । मन्दाकिनीको विकिनी फोटोवाला पत्रिका ब्ल्याकमा बिक्री भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ०० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर