जसको विकिनी गेटअपले बलिउड ततायो « Khabarhub

जसको विकिनी गेटअपले बलिउड ततायो


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– आज जुलाई ५, अर्थात अन्तर्राष्ट्रिय विकिनी दिवस । यही दिन सन् १९४६ मा फ्रान्सको पेरिसका फेसन डिजाइनर लुइस रियर्डले विकिनी शैलीको पहिरनलाई सार्वजनिक गरेकी थिइन् ।

बलिउडमा वर्तमान समयमा विकिनीलाई ठूलो कुरा लिइँदैन । तर एक समय यस्तो थियो कि अभिनेत्रीले विकिनी दृश्य दिँदा त्यो सह्य हुँदैन थियो । पुराना समयका केही बलिउड अभिनेत्रीले विकिनी दृश्य दिँदा बलिउड नै हल्लिएको थियो । ७० देखि ८० को दशकमा धेरै अभिनेत्रीले विकिनी लगाएर हंगामा गरेका थिए ।

प्रख्यात तथा सुन्दरी अभिनेत्री शर्मिला टेगोर फिल्ममा विकिनी पहिरनमा देखिइसकेकी छन् । आफ्नो समयमा उनले कैयौं पटक विकिनी फोटोसुट गराएकी थिइन् । फिल्म ‘एन इभिनिङ इन पेरिस’मा शर्मिलाले विकिनी लगाउदा बलिउडमा सनसनी मच्चिएको थियो ।

अभिनेत्री जीनत अमान बलिउडकी विन्दास र बोल्ड अभिनेत्रीका रुपमा चिनिन्थिइन् । उनले एक मात्र नभई, कैयौं फिल्ममा विकिनी दृश्य दिएकी थिइन् । यो समयमा केवल खलनायिकाहरुले मात्र विकिनी लगाइरहँदा जीनतले पनि विकिनी लगाएर चर्चामा आएका थिइन् ।

डिम्पल कपाडिया कम उमेरमै बलिउडमा लोकप्रिय भइन् । उनी पनि विकिनी दृश्यका लागि लोकप्रिय थिइन् । उनी फिल्म ‘बोबी’मा टपलेस नै भइन् । यद्यपि राजेश खन्नासँग विवाह गरेपछि उनले फिल्मी अभिनय छोडिन् । तर उनको चाँडै नै राजेशसँग सम्बन्ध बिग्रिएपछि बलिउडमा पुनरागमन गरिन् ।

बोल्ड र सुन्दर रुपका लागि प्रख्यात परवीन बाबीको जीवन विवादपूर्ण छ । उनी फिल्मको पर्दामा शरीर देखाउन पछि पर्दिन थिइन् । आफ्नो फिल्म ‘ये नजदीकियाँ’मा यी दिवंगत अभिनेत्रीले कालो रंगको टू–पीस स्वीम सुट लगाएकी थिइन् ।

‘राम तेरी गंगा मैली’ फिल्ममार्फत अभिनेत्री मन्दाकिनीले बलिउडमा पाइला चालेकी थिइन् । यो फिल्ममा उनको निकै बोल्ड दृश्य थियो । यो फिल्मको झरना दृश्यमा उनले सेतो रंगको साडी लगाएकी थिइन् । यो दृश्यलाई आज पनि दर्शकले सम्झिइन्छन् । मन्दाकिनीको विकिनी फोटोवाला पत्रिका ब्ल्याकमा बिक्री भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ०० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी