विज्ञापन बोर्ड र नेपाल टेलिभिजनमा सदस्य नियुक्त « Khabarhub

विज्ञापन बोर्ड र नेपाल टेलिभिजनमा सदस्य नियुक्त


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा ललितपुरका सवनम मुखियालाई नियुक्त गरेको छ ।

सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनीहरु चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिकलगायतका राष्ट्रिय सञ्चार माध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिएका पत्रकार अधिकारी हाल ‘नेपाली बहस डट कम’ का प्रधानसम्पादक छन् ।

नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकाश लिएका मुखिया ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक उपाधिप्राप्त हुन् । मन्त्री नेम्वाङले अधिकारी र मुखियालाई आज सिंहदरबारमा नियुक्ति पत्र हस्तान्तरण गर्दै संस्थागत सुधार र सिर्जनात्मक प्रयोगमा आफ्नो ठाउँबाट योगदान गर्न निर्देशन दिए ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ३० बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी