विज्ञापन बोर्ड र नेपाल टेलिभिजनमा सदस्य नियुक्त « Khabarhub

विज्ञापन बोर्ड र नेपाल टेलिभिजनमा सदस्य नियुक्त


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा ललितपुरका सवनम मुखियालाई नियुक्त गरेको छ ।

सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनीहरु चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिकलगायतका राष्ट्रिय सञ्चार माध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिएका पत्रकार अधिकारी हाल ‘नेपाली बहस डट कम’ का प्रधानसम्पादक छन् ।

नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकाश लिएका मुखिया ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक उपाधिप्राप्त हुन् । मन्त्री नेम्वाङले अधिकारी र मुखियालाई आज सिंहदरबारमा नियुक्ति पत्र हस्तान्तरण गर्दै संस्थागत सुधार र सिर्जनात्मक प्रयोगमा आफ्नो ठाउँबाट योगदान गर्न निर्देशन दिए ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ३० बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा