राष्ट्रिय सभाको कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूको जोड « Khabarhub

राष्ट्रिय सभाको कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूको जोड


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको कामकारबाहीलाई प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनीहरुले राष्ट्रिय सभाको बैठक प्रभावकारी हुन नसकेको भन्दै गम्भीरताका साथ यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रिय सभामा जनताको विषय वस्तुलाई प्रभावकारी रुपमा उठाउनुपर्ने बताए । राष्ट्रियसभामा भएका गल्ती कमजोरीलाई सच्याएर नै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय सभा सदस्यहरु सांसदको भूमिका भन्दा पनि पार्टीको भूमिकामा बढी देखिएका कारण प्रभावकारिता हुन नसकेको टिप्पणी गरे ।

त्यस्तै अन्य सदस्यहरुले विभिन्न विधेयकमाथिको छलफललाई निरन्तरता दिनुपर्ने र राष्ट्रियसभाको छुट्टै औचित्य पुष्टि गर्ने बेला आएको धारणा राखेका थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ४५ बजे

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि