दोस्रो टी-ट्वान्टीमा पनि अष्ट्रेलिया पराजित, बंगलादेश ५ विकेटले विजयी | Khabarhub Khabarhub

दोस्रो टी-ट्वान्टीमा पनि अष्ट्रेलिया पराजित, बंगलादेश ५ विकेटले विजयी


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिजमा घरेलु टिम बंगलादेशले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार ढाकामा भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो ।

यस जितसँगै बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

अष्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बंगलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।

बंगलादेशको जितमा आफिफ होसेनले अविजित रहदै ३७ रन बनाए । नुरुल होसेन २२ रनमा अविजित रहे । यस्तै शकिब अल हसनले २६ रन जोड्दा मेहदी हसनले २३ रन बनाए ।

अष्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर,एडम जाम्पा र एन्ड्रयु टेले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन बनाए । यस्तै मोइसेस हेन्रिक्सले ३० रन जोड्दा मिचेल स्टार्कले अविजित १३ रन बनाए ।

यसअघि पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ६ : ४० बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास