स्तनपान बारेमा ५ भ्रम र वास्तविकता « Khabarhub

स्तनपान बारेमा ५ भ्रम र वास्तविकता


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारभर अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाइदै छ । यस अवधीमा महिलालाई स्तनपानबारे जानकारी दिइन्छ । स्तनपान सम्बन्धी फैलिएका केही भ्रम र झुटका बारेमा दिवसको अवसरमा वास्तविकतासहित प्रकाश पार्नेछौं ।

भ्रम
स्तनको आकार सानो भए बच्चाकालागि पर्याप्त दूध आउँदैन ।

वास्तविकता
स्तनपानकालागि स्तनको आकारको कुनै भूमिका हुदैँन । आमा स्वस्थ रहे बच्चालाई खुवाउन पर्याप्त दूध आउने गर्दछ ।

भ्रम
स्तनपानले बच्चालाई मात्र फाइदा पुर्याउँछ ।

वास्तविकता
यदि कुनै महिलाले नियमित स्तनपान गराउँछिन् भने यसले केवल बच्चालाई मात्र फाइदा पुर्याउँदैन । यसले आमालाई स्तन क्यान्सरको खतराबाट जोगाउँछ ।

भ्रम
स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन हुन्छ ।

वास्तविकता
स्तनपान गराउँदा स्तनको आकारमा कुनै फरक पर्दैन । यो थप स्वस्थ हुने गर्दछ ।

भ्रम
आमाको स्वास्थ्य बिग्रिए बच्चालाई स्तनपान गराउनु हुँदैन ।

वास्तविकता
आमाको स्वास्थ्य खराब हुँदा पनि बच्चालाई स्तनपान गराउन सकिन्छ । यसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदैन ।

भ्रम
बच्चालाई आमा दूधभन्दा पाउडर दूध राम्रो हुन्छ ।

वास्तविकता
आमाको दूधमा एन्टीबडिज, लिभिङ सेल्स, इन्जाइम र हर्मोन हुने गर्दछ । यो पाउडर वा फर्मुला मिल्क भन्दा धेरै फाइदाजनक हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १२ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्