विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि | Khabarhub Khabarhub

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।

आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।

क्यानले बोलाएका १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका हुन् । नेपाल पुलिस क्लबका खेलाडी गुलशनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

लिग–२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । नेपाल चार अङ्क जोड्दै छैटौं स्थानमा छ ।

त्यसैगरी दश खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । बाह्र खेलमा १२ अङ्क बटुलेको अमेरिका दोस्रो स्थानमा छ ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् ।

त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ३ : ११ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार