दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी « Khabarhub

दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिका विजयी भएको छ ।

कोलम्बोमा शनिबार राति दक्षिण अफ्रिकाले श्रीलंकालाई डीएल मेथडमा ६७ रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रनमा समेटियो ।

श्रीलंकाका चारिथ असालंकाले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । चमिका करुनारत्नेले ३६ रन जोड्दा कप्तान डासुन शनकाले ३० रन जोडे ।

दक्षिण अफ्रीकाका ट्राबेज शाम्सीले ५ विकेट लिए । कागिसो राबडाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४७ ओभरमा ६ विकेट गुमाएर २ सय ८३ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले नयाँ लक्ष्य पाएको थियो ।

दक्षिण अफ्रीकाका लागि जान्नेमान मालनले १ सय २१ रनको शतकीय इनिङ्स खेले । रिजा हेन्ड्रिक्सले ५१ रन जोड्दा हेन्रिच क्लासेनले ४३ रन बनाए ।    श्रीलंकाका दुश्मन्था चामिरा र चामिका करुनारत्नेले २/२ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिज दक्षिण अफ्रिकाले १-१ को बराबरीमा ल्याएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १० : ०१ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ