मोदीको पुत्ला जलाएपछि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी « Khabarhub

मोदीको पुत्ला जलाएपछि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध विरोध प्रदर्शन गर्नेमाथि कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी, गर्ने जुलस निकाल्ने र प्रदर्शन गर्नेमाथि कारबाही गरिने चेतावनी दिएका हुन् ।

हालका दिनहरुमा दार्चुला प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भइरहेको छ । भारतीय प्रधानमन्त्री मोदीको काठमाडौंमा पुत्लासमेत जलाइएपछि गृहमन्त्रालयको चेतावनीयुक्त विज्ञप्ति आएको हो ।

मन्त्रालयले नेपालले सबै मित्रराष्ट्रहरुसँग पारस्पिारिक सम्बन्ध कायम राख्न चाहेको भन्दै नेपाली भूमिमा कुनै पनि मित्रराष्ट्र विरुद्धका गतिविधि हुन नदिने जनाएको छ ।

मन्त्रालयले मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गर्दै आएको भन्दै भविष्यमा पनि कूटनीतिक माध्यमबाटै समस्या समाधान गरिने बताएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : ४६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र