कास्कीका सबै जनप्रतिनिधि एमालेमै « Khabarhub

कास्कीका सबै जनप्रतिनिधि एमालेमै


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– एमाले विभाजनले कास्कीमा भने खासै असर देखिएको छैन । तीनै तहका जनप्रतिनिधिहरू एमालेमै रहने आन्तरिक सनाखत गरेका छन् ।

वडा सदस्यदेखि पालिका, प्रदेश र प्रतिनिधिसभासम्म कास्कीमा एमालेबाट दुई सय ८१ जना निर्वाचित भएका छन् । एक महानगरसहित कास्कीमा पाँचवटा स्थानीय तह छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष मात्रै कांग्रेस उम्मेदवारले जितेका छन् ।

२०७४ को प्रदेश र प्रतिनिधिसभामा माओवादी केन्द्रसँग तालमेल गरे पनि स्थानीय निर्वाचनमा दुई पार्टीबीच एकता थिएन । पोखरा महानगरपालिका र गाउँपालिकाका केही वडाहरूमा कांग्रेससँग माओवादीको सहकार्य थियो । नेकपा गठन भएपछि विभाजन भयो । एमाले र माओवादी केन्द्रको एकता खारेज भयो । दुवै पार्टी अलग अलग भए । अहिले एमालेसमेत विभाजित भएको छ ।

जिल्ला पार्टी कार्यालयले सबै जनप्रतिनिधिलाई बोलाएर विभाजनमा नलाग्न प्रतिबद्ध बनाएको हो । ‘केही जनप्रतिनिधिहरू काम विशेषले आउन पाउनु भएन । अधिकांश आउनुभएको थियो,’ एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘आएकाहरू सबैले एमालेमै रहन्छु भनेर हस्ताक्षर गर्नुभएको छ । कास्कीमा शतप्रतिशत जनप्रतिनिधि एमालेमै हुनुहुन्छ ।’

एमाले विभाजित नहुनुमा मुख्य कारण नै निर्वाचनका बेला भएको टिकट वितरण हो । कास्कीमा एमालेभित्रै पनि माधवकुमार नेपाल खेमा अलिअलि थियो । नेपालको पक्षमा खुलेका नेताहरूले २०७४ को निर्वाचनमा टिकट पाएनन् । अधिकांश अध्यक्ष केपी ओली निकट नेताहरूले निर्वाचन जितेकाले अहिलेको विभाजनमा नेपाल समूहतिर लाग्ने जनप्रतिनिधि कम भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य श्रीनाथ बराल भने एमालेको दाबी जस्तो शतप्रतिशत जनप्रतिनिधि उनीहरूसँग नभएको बताउँछन् । ‘टिकट दिने बेलामै पक्षपात भएको थियो । हाम्रो संघर्ष आजको होइन नि । उतिबेलैदेखि दमन र थिचोमिचोमा थियौं,’ उनले भने, ‘त्यसैले हामी निकट जनप्रतिनिधिहरू खासै हुनुहुन्न । तर एमालेले गरेको दाबी सही होइन । २२ भदौसम्म सनाखत गर्दा उत्साहजन रूपमा जनप्रतिनिधिहरू विभाजनमा आउनुहुन्छ ।’

कास्कीमा पालिका प्रमुख र उपप्रमुख विभाजनमा नलागेको उनले बताए । तर वडाध्यक्षदेखि वडा सदस्यहरू धेरैले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने उनको दाबी छ । २२ भदौसम्म स्थानीय जनप्रतिनिधिलाई राजनीतिक दल छनोट गर्ने समयावधि दिइएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले हालसम्म कोही पनि जनप्रतिनिधि सनाखतमा नआएको जनाएको छ ।

‘हामीले पालिकालाई पत्र पठाएका छौं, अहिलेसम्म कोही पनि सनाखत गर्न आउनुभएको छैन,’ निर्वाचन कार्यालयका रुद्र न्यौपानेले भने, ‘सांसदहरू पनि कसैले हस्ताक्षर गर्नुभएको छैन ।’

विभाजनपछि तल्लो तहमा संगठन विस्तार गर्ने उद्देश्यले एमालेले सबै जिल्ला सदस्यहरूलाई कामको जिम्मेवारी दिएको छ । जिल्लाका ७२ वटै वडामा जिल्ला सदस्यको नेतृत्वमा भूगोल कमिटी बनाएर जिम्मा दिइएको सचिव दामोदर बैरागीले बताए । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १ : ५५ बजे

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय