‘निजामती सेवा ऐन खोइ ?’ भन्दै माइतिघरमा प्रदर्शन | Khabarhub Khabarhub

‘निजामती सेवा ऐन खोइ ?’ भन्दै माइतिघरमा प्रदर्शन


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाउनुपर्ने भन्दै स्वतन्त्र निजामती कर्मचारी अभियान संघर्ष समितिले प्रदर्शन गरेको छ ।

निजामती सेवा ऐन खोइ भन्दै संघर्ष समितिले अभियानका रुपमा काठमाडौँको माइतिघरमा प्रदर्शन गरेको हो । यसअघि समायोजन ऐन ल्याएर आफुहरुलाई विभिन्न स्थानमा पठाएको र अन्यौलमा पठाएको भन्दै समायोजन ऐन सच्चाएर निजामती सेवा ऐन ल्याउनुपर्ने उनीहरुको माग छ ।

कर्मचारी अभियान संघर्ष समितिका संयोजक पशुपति पोखरेलले निजामती कर्मचारीको समस्या समाधानका लागि ध्यानाकर्षण गराउन अभियान चलाएको बताए । उनले निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउनुपर्ने आफुहरुको माग रहेको जानकारी दिए ।

यसअघि शनिबार नै नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउने बताए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : ४५ बजे

लोकसभा निर्वाचन : एक्जिट पोलमा एनडीए दुई तिहाइ नजिक

काठमाडौं– भारतमा लोकसभा अन्तर्गत सबै सात चरणको मतदान सकिएसँगै भारतका

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ को पहिलो खेलमा

सेती लोकमार्ग : दश किलोमिटर कालोपत्र हुँदै

कैलाली– सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर

टी-२० विश्वकप : अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध

मुगुमा यार्सा संकलनका क्रममा चारजनाको मृत्यु, एक सिकिस्त

मुगु– मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको लेक लागेर मृत्यु