‘निजामती सेवा ऐन खोइ ?’ भन्दै माइतिघरमा प्रदर्शन | Khabarhub Khabarhub

‘निजामती सेवा ऐन खोइ ?’ भन्दै माइतिघरमा प्रदर्शन


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाउनुपर्ने भन्दै स्वतन्त्र निजामती कर्मचारी अभियान संघर्ष समितिले प्रदर्शन गरेको छ ।

निजामती सेवा ऐन खोइ भन्दै संघर्ष समितिले अभियानका रुपमा काठमाडौँको माइतिघरमा प्रदर्शन गरेको हो । यसअघि समायोजन ऐन ल्याएर आफुहरुलाई विभिन्न स्थानमा पठाएको र अन्यौलमा पठाएको भन्दै समायोजन ऐन सच्चाएर निजामती सेवा ऐन ल्याउनुपर्ने उनीहरुको माग छ ।

कर्मचारी अभियान संघर्ष समितिका संयोजक पशुपति पोखरेलले निजामती कर्मचारीको समस्या समाधानका लागि ध्यानाकर्षण गराउन अभियान चलाएको बताए । उनले निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउनुपर्ने आफुहरुको माग रहेको जानकारी दिए ।

यसअघि शनिबार नै नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउने बताए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : ४५ बजे

ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो ? धान फल्यो ?

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका

दमौलीमा हुलाकको प्रभावकारिता कायमै

दमौली- जिल्ला हुलाक कार्यालय तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको

जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी दुई महिनापछि पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनको मौका पारेर गत भदौ २४ गते केन्द्रीय

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 

शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी