मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्रीको आग्रह | Khabarhub Khabarhub

मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्रीको आग्रह


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार शाखाद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले मानव बेचबिखन गर्न नपाउने व्यवस्था गरेकाले यसको नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ ।”

प्रधानमन्त्री देउवाले मानव बेचबिखनविरुद्धको अभियानमा साझेदारी गर्ने सबै अभियानतालाई शुभकामना व्यक्त गर्दै मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सबैमा आग्रह गरे । उनले सन्देशमा मानव बेचबिखन रोकथामका लागि जनचेतनामूलक र आर्थिक सशक्तीकण हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने जरुरी देखिएको बताए ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले २१औँ शताब्दीमा महिलालाई पशुसरह बेचबिखन हुने गरेको दुःखद अवस्था रहेको उल्लेख गर्दै मानव ओसारपसार गर्ने जालोलाई मुक्त गर्न जरुरी रहेको बताए । उनले मानव बेचबिखनजस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्नका लागि आ–आफ्नो ठाउँबाट जुट्न सबैमा आग्रह गरे ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध सभ्य समाजको बाधक तत्व रहेको उल्लेख गर्दै यस्ता सामाजिक कलङ्कको रुपमा मौलाएको अपराध नियन्त्रण तथा रोकथामका लागि सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, विकास साझेदार निकाय, नागरिक समाज, मानव अधिकारकर्मीलगायत सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर आगाडि बढ्नुपर्ने बताए ।

मानव बेचबिखन तथा ओसारपसार शाखाका प्रमुख रोशनीकुमारी श्रेष्ठले रोजगारीको अवसरका कमी, वैदेशिक रोजगारीका लागि जाने र लैजाने क्रममा महिलाहरु बेचिने गरेको जानकारी दिए ।

‘मानव बेचबिखनमुक्त समाज, हाम्रो प्रतिबद्धताः सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा गत आर्थिक वर्षमा सरकारले विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार ३३१ जना महिला तथा बालबालिकालाई उद्धार गरेको जानकारी गराइयो ।

नेपाल सरकारले हरेक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउने गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ०६ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्री आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले