डोल्पामा पुजा गर्ने विषयले विवाद हुँदा झडप, घाइतेको हेलिकप्टरबाट उद्धार « Khabarhub

डोल्पामा पुजा गर्ने विषयले विवाद हुँदा झडप, घाइतेको हेलिकप्टरबाट उद्धार


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– डोल्पामा गुम्बामा पुजा गर्ने विषयमा दुई समूहबीच झडप हुँदा एक महिलासहित चार जना घाइते भएका छन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं ४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अबस्था गम्भीर छ ।

झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।

टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाई फिष्टेल यएरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकोले उनलाई काठमाडौँ रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

घाइते अन्य तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ । पाण्डेका अनुसार गुम्बाको पुजा एक समूहले पहिला गरेको भन्दै अर्को समूहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाया लडेर गम्भीर घाइते भएकी थिइन् ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ४० बजे

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख