सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा नेकपा एस ठूलो, थप तीनजनाले गरे सनाखत « Khabarhub

सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा नेकपा एस ठूलो, थप तीनजनाले गरे सनाखत


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समावादी) नेकपा एस एमालेभन्दा ठूलो बनेको छ । आइतबार थप ३ जना सांसदले नेकपा एस रोज्दै सनाखत गरेपछि एमालेभन्दा नेकपा एस ठूलो पार्टी बनेको हो ।

आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावलले नेकपा एस रोजेको प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका छन् ।

यसअघि १० जना सांसदले नेकपा एस रोजेका थिए । प्रदेश सभामा एमालेका २५ सांसद थिए । अब एमालेमा १२ जना सांसद रहेका छन् भने नेकपा एसमा १३ सांसद भएका छन् ।

माधवकुमार नेपालको अगुवाइमा नेकपा एमाले विभाजन भएर नेकपा एस गठन भएको थियो । नेकपा एसले बैधता पाएपछि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको थियो । सोही व्यवस्था अनुसार सांसदहरु निर्वाचन कार्यालय पुगेर सनाखत गरिरहेका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एस ७ मध्ये २ वटा प्रदेशमा एमालेभन्दा ठूलो दल बनेको छ । प्रदेश नम्बर २ मा पनि आइतबार थप दुईजना सांसदले नेकपा एस रोजेका छन् । प्रदेश दुईमा एमालेका २० सांसद रहेकोमा १३ जना सांसद नेकपा एसमा लागेका छन् । एमाले ७ सिटमा खुम्चिदा नेकपा एसको भने १३ सिट पुगेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ४ : २५ बजे

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख