नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी | Khabarhub Khabarhub

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

अपरान्ह ५:३० बजेबाट शुरु भएको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठलाई डिफेन्डरमा उतारेका छन् ।

यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा रहेका छन् भने फरवार्ड मनिष डाँगी, आयुष घलान, आशिष लामा रहेका छन् । नेपाली टोलीको कप्तानी समेत सम्हालेका किरणले गोलकिपरमा छन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : १९ बजे

गृहले भन्यो- अन्य पक्षलाई उक्साहट हुनेगरि कुनै कार्यक्रम नगर्नू 

काठमाडौं– गृहमन्त्रालयले वर्तमान अवस्थामा  सभा सम्मेलन तथा विरोध कार्यक्रम सञ्चालन

गोला-मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको संकट

सिरहा– कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक

चिटिक्क पारिँदै गाउँ

म्याग्दी– दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो

काठमाडौं– ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था‘परोपकार’ ले ७९ औँ स्थापना