जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन, एकजना मात्रै महिला « Khabarhub

जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन, एकजना मात्रै महिला


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। यसैक्रममा जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुदै आएको छ ।

जुम्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको नेपाली कांग्रेस जिल्ला कार्यासमितले बताएको छ । बाँकी दुई वडामा पनि सहमतिमै चयन गर्ने प्रयास भइरहेको पार्टी सचिव कार्मा बुढाले बताए ।

जुम्लाका ६० वडामध्ये ५८ वटा वडामा नयाँ नेतृत्व चयन गर्दा एक वडालेमात्रै महिला नेतृत्व पाएको छ । राज्यले राजनीतिमा महिला सहभागीता ३३ प्रतिशत कायम गरेको छ । तर, जुम्लामा ६० मध्ये ५८ वटाको नेतृत्व चयन हुँदा महिला एकजनामात्र परेकी छन् । तिला गाउँपालिका २ की सीता रावत वडा सभापतिमा चयन भएकी हुन् ।

जिल्ला सभापतिको लागि रस्साकस्सी

नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन भएपनि जिल्ला सभापतिमा भने रस्साकस्सी हुने देखिएको छ । जिल्ला सभापतिमा वर्तमान सभापति दिपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सुजुवालको नाम चर्चामा रहेको छ । २७ भदौमा गाउँपालिकास्तरीय अधिवेशन, १ असोजमा प्रदेश क्षेत्रस्तरीय अधिवेशन र ५ असोजमा जिल्ला अधिवेशन हुन लागेको छ । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ०३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका