कांग्रेसको वडा अधिवेशन : गण्डकीका ९ जिल्लामा सकियो, बागलुङ र नवलपुरमा सोमबार « Khabarhub

कांग्रेसको वडा अधिवेशन : गण्डकीका ९ जिल्लामा सकियो, बागलुङ र नवलपुरमा सोमबार


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसकाे गण्डकीका ११ मध्ये नौ जिल्लामा शुक्रबार र शनिबार वडा अधिवेशन भएका छन् भने दुई जिल्लामा सोमबार हुँदै छ ।

७५९ वडा रहेको गण्डकीमा नवलपुरका ९२ र बागलुङका ८५ वटाबाहेक सबैजसो वडाको नतिजा आइसकेको छ । धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृतहरूले बताएका छन् । पोखरा– २० को अधिवेशन बाढीपहिरोका कारण २२ भदौका लागि सारिएको छ । नवलपुरमा पनि जताततै बाढी र पहिरोले अवरोध गरेका कारण स्थगित गर्नुपरेको नेपाली कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले बताए ।

‘बाढीपहिरोले गाउँ छिर्न समस्या छ । अहिले पनि तीनवटा गाउँपालिकाका मतदान अधिकृतलाई हिँडाएरै पठाएका छौँ’, उनले भने, ‘२१ गते नै सबै वडाको नतिजा आउँछ । धेरैले सर्वसम्मत चयन गर्छन् ।’

सबैभन्दा धेरै वडा रहेको स्याङ्जाका ९७ मध्ये ८४ वटा वडामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । केही वडाको निर्वाचन परिणाम अझै आउन बाँकी छ । मनाङमा भने वडासँगै जिल्ला नेतृत्वसमेत टुंग्याइएको छ । यद्यपि, परिणाम घोषणा हुन भने बाँकी छ ।

१४औँ महाधिवेशनमा मनाङ कांग्रेसले नेपालमै सबैभन्दा पहिलो सभापति दिएको हो । शंकर गुरुङलाई सभापति बनाउने निर्णय गरिएको सचिव सुरेन्द्र गुरुङले जानकारी दिए । ‘हाम्रोमा कहिल्यै मतदान गर्नुपर्दैन सर्वसम्मत रुपमै पार्टी चल्छ’, उनले भने, ‘सानो जिल्ला छ । मतदानमा गयो भने झन् विभाजन हुन सक्छ । त्यसैले सहमतिमै नेतृत्व हस्तान्तरण हुन्छ ।’ उनका अनुसार सबै पालिकाको नेतृत्व पनि करिव सहमति नजिक छ । यहाँको वडा तहमा सर्वसम्मत नेतृत्व टुंग्याइएको हो ।

पोखरा–२६ मा पुनः मतदानको माग

पोखरा– २६ मा पुनः निर्वाचन गराउन माग गर्दै केही क्रियाशील सदस्यहरूले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् । अधिवेशनमा धेरै क्रियाशील सदस्यलाई सूचना नदिइएको भन्दै उनीहरूले अधिवेशन बदर गराउन माग गरेका छन् ।

‘दुई जना जिल्ला सचिव भएको वडा हो यो । तर, यहीँका क्रियाशील सदस्यले वडा चुनावबारे थाहै पाएनन्’, एक सदस्य सुदीपराज ढुंगानाले भने, ‘यो अधिवेशनको निर्णय हामीलाई मान्य छैन । चुनाव पुनः हुनुपर्छ ।’ वडाका आठ जना क्रियाशील सदस्यहरूले केन्द्रीय कार्यसमिति र निर्वाचन समितिलाई बोधार्थ पठाएर उजुरी दिएका हुन् ।

वडा अधिवेशन सकिएसँगै २७ भदौमा पालिकास्तरीय अधिवेशन हुनेछ । गण्डकीमा ८५ वटा स्थानीय तह छन् । त्यसमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । क्षेत्रीय प्रतिनिधि निर्वाचित भएसँगै विभिन्न पालिकामा दाकेदारी प्रस्तुत हुन थालेका छन् । केहीले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् भने कसैले आन्तरिक लविइङ गरिरहेका छन् । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ४२ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख