कांग्रेसको वडा अधिवेशन : गण्डकीका ९ जिल्लामा सकियो, बागलुङ र नवलपुरमा सोमबार | Khabarhub Khabarhub

कांग्रेसको वडा अधिवेशन : गण्डकीका ९ जिल्लामा सकियो, बागलुङ र नवलपुरमा सोमबार


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसकाे गण्डकीका ११ मध्ये नौ जिल्लामा शुक्रबार र शनिबार वडा अधिवेशन भएका छन् भने दुई जिल्लामा सोमबार हुँदै छ ।

७५९ वडा रहेको गण्डकीमा नवलपुरका ९२ र बागलुङका ८५ वटाबाहेक सबैजसो वडाको नतिजा आइसकेको छ । धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृतहरूले बताएका छन् । पोखरा– २० को अधिवेशन बाढीपहिरोका कारण २२ भदौका लागि सारिएको छ । नवलपुरमा पनि जताततै बाढी र पहिरोले अवरोध गरेका कारण स्थगित गर्नुपरेको नेपाली कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले बताए ।

‘बाढीपहिरोले गाउँ छिर्न समस्या छ । अहिले पनि तीनवटा गाउँपालिकाका मतदान अधिकृतलाई हिँडाएरै पठाएका छौँ’, उनले भने, ‘२१ गते नै सबै वडाको नतिजा आउँछ । धेरैले सर्वसम्मत चयन गर्छन् ।’

सबैभन्दा धेरै वडा रहेको स्याङ्जाका ९७ मध्ये ८४ वटा वडामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । केही वडाको निर्वाचन परिणाम अझै आउन बाँकी छ । मनाङमा भने वडासँगै जिल्ला नेतृत्वसमेत टुंग्याइएको छ । यद्यपि, परिणाम घोषणा हुन भने बाँकी छ ।

१४औँ महाधिवेशनमा मनाङ कांग्रेसले नेपालमै सबैभन्दा पहिलो सभापति दिएको हो । शंकर गुरुङलाई सभापति बनाउने निर्णय गरिएको सचिव सुरेन्द्र गुरुङले जानकारी दिए । ‘हाम्रोमा कहिल्यै मतदान गर्नुपर्दैन सर्वसम्मत रुपमै पार्टी चल्छ’, उनले भने, ‘सानो जिल्ला छ । मतदानमा गयो भने झन् विभाजन हुन सक्छ । त्यसैले सहमतिमै नेतृत्व हस्तान्तरण हुन्छ ।’ उनका अनुसार सबै पालिकाको नेतृत्व पनि करिव सहमति नजिक छ । यहाँको वडा तहमा सर्वसम्मत नेतृत्व टुंग्याइएको हो ।

पोखरा–२६ मा पुनः मतदानको माग

पोखरा– २६ मा पुनः निर्वाचन गराउन माग गर्दै केही क्रियाशील सदस्यहरूले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् । अधिवेशनमा धेरै क्रियाशील सदस्यलाई सूचना नदिइएको भन्दै उनीहरूले अधिवेशन बदर गराउन माग गरेका छन् ।

‘दुई जना जिल्ला सचिव भएको वडा हो यो । तर, यहीँका क्रियाशील सदस्यले वडा चुनावबारे थाहै पाएनन्’, एक सदस्य सुदीपराज ढुंगानाले भने, ‘यो अधिवेशनको निर्णय हामीलाई मान्य छैन । चुनाव पुनः हुनुपर्छ ।’ वडाका आठ जना क्रियाशील सदस्यहरूले केन्द्रीय कार्यसमिति र निर्वाचन समितिलाई बोधार्थ पठाएर उजुरी दिएका हुन् ।

वडा अधिवेशन सकिएसँगै २७ भदौमा पालिकास्तरीय अधिवेशन हुनेछ । गण्डकीमा ८५ वटा स्थानीय तह छन् । त्यसमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । क्षेत्रीय प्रतिनिधि निर्वाचित भएसँगै विभिन्न पालिकामा दाकेदारी प्रस्तुत हुन थालेका छन् । केहीले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् भने कसैले आन्तरिक लविइङ गरिरहेका छन् । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ४२ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्री आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले