‘तपाईंको मास्क खोई ?’ अभियान : थप ५ हजार ८९७ जनालाई मास्क वितरण « Khabarhub

‘तपाईंको मास्क खोई ?’ अभियान : थप ५ हजार ८९७ जनालाई मास्क वितरण


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ९७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ९४ हजार ७ सय ४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

यसैगरी स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४८ जनालाई ४ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २ सय ३२ जनालाई सम्झाई बुझाई छाडिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १० : ०१ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ