नेपाल-भारत मैत्रीपूर्ण फुटबल : नेपालका लागि तेज तामाङले गरे गोल | Khabarhub Khabarhub

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : नेपालका लागि तेज तामाङले गरे गोल


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपालले एक गोल फर्काएको छ ।

खेलको ८६ औँ मिनेटमा नेपालका लागि तेज तामाङले जवाफी गोल गरेका हुन् । योसँगै नेपाल र भारतबीचको खेल १-२ गोलको स्थितिमा पुगेको छ ।

यसअघि खेलको ८० औँ मिनेट भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गोल गरेर भारतको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै खेलको ६१ औँ मिनेटमा परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ। यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : १७ बजे

दार्चुलामा भूकम्पको धक्का

काठमाडौं – दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०ः४० मा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा