अछामका १२ जनप्रतिनिधिले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत | Khabarhub Khabarhub

अछामका १२ जनप्रतिनिधिले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा हालसम्म १२ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन कार्यालय पुगेर आइतबारसम्म एक नगरप्रमुख, एक उपप्रमुख, एक वडा अध्यक्ष र नौ जना वडा सदस्य गरी १२ जनाले समाजवादीमा सनाखत गरेका हुन् ।

साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–४ पायलका वडा अध्यक्षले समाजवादीमा सनाखत गरेका हुन् । ‘अहिलेसम्म १२ जनाले समाजवादीमा सनाखत गर्नुभएको छ’, निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारुले भने । माधवकुमार नेपालको नेतृत्वमा जाने अधिकांश जनप्रतिनिधि वडा सदस्य रहेका छन् ।

साँफेबगर नगरपालिकामा एमालेबाट विजयी आठ वटै वडा अध्यक्षहरूले भने मूल पार्टीमै रहेको भन्दै शुक्रबार विज्ञप्ति प्रकाशित गरिसकेका छन् ।
अछाम–१ का प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी नेकपा एमालेमै रहेका छन् ।

राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा एमाले अछाम–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामीले नेकपा समाजवादी रोजिसकेक छन् । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : १५ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले